एशियन फोरमको केन्द्रीय अध्यक्षमा श्रीकृष्ण
पाेखरा | असोज ६, २०७९
पोखरा: वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको साझा संस्था एसिया मानव अधिकार तथा सास्कृतिक विकास मन्च (एशियन फोरम) को १८ औ साधारण सभा तथा ८ औं महाधिवेशनले श्रीकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मेनका पौडेल, उपाध्यक्षमा मिरा पौडेल, महासचिवमा सन्तोष बोगटी, सचिबमा दिपक राज रेग्मी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ र सदस्यहरुमा लक्ष्मण बानिया, बिजय गुरुङ, कमल रेग्मी, माया देबि शर्मा, दमन्ता खड्का र जूम बहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।
त्यसै गरि संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष सिद्दीचन्द्र बराल, संस्थापक तथा पुर्व अध्यक्ष निरज थापा, निवर्तमान अध्यक्ष किस्मतमणी श्रेष्ठ र मनबहादुर श्रेष्ठ चयन भएका छन ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक योजना तथा यातायात मन्त्री कुमार खड्काले उद्घाटन गर्दै नेपालमै कही गर्न खोज्ने युवामैत्री व्यवसायीक योजना वनाउन प्रदेश सरकार लागि परेको वताउँदै कुनै पनि युवा विदेश जानै नपरोस, वाद्यतामा जान परेमा पनि सिप सिकेर मात्र जान आग्रह गर्नुभएको थियो ।
साथै उहाँले वैदेशिक रोजगारी बाट स्वदेश फर्केर ब्यबसायमा संलग्न युवाहरुलाई संगठित गर्न तथा उनिहरुको सिप र क्षमता अनुसारको व्यवसायमा एशियन फोरममा आवद्ध व्यवसायीहरुले सहजीकरण गर्नुपर्ने वताउँनु भएको थियो ।
संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले संस्था स्थापना देखि हालसम्म गरेका कार्यक्रमहरुको बारेमा बताउदै संस्थामा आबद्ध सदस्य तथा कोरिया स्थित दातृ संस्थाहरुलाई आर्भ व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा पोखरा उद्योग बाणिज्य संघका उपमहासचिव शोभा गौतम, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ पहारी, कालाबाङ घरेडी घरबास कार्यक्रमका अध्यक्ष याम बहादुर गुरुङ लगाएतले कार्यक्रम सफलता शुभकामना व्यक्त गर्दै बिदेश बाट स्वदेश फिर्ता युवालाई राज्यले निति बनाएर देशमै केही गर्ने बाताबरण बनाउन आग्रह गरेका थिए ।
संस्थाका केन्द्रिय अध्यक्ष किस्मत मणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दितिय उपाध्यक्ष मेनका पौडेलले र कार्यक्रम संचालन केन्द्रिय सदस्य मिरा पौडेलले गर्नु भएको थियो ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

